युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५ औं बैठकले गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेका गौतमले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी सम्हालिसकेका छन् ।
उनले त्रिभुवन विश्व विद्यालयबाट एमबीएसम्मकाे अध्ययनन पुरा गरेका छन् । उनकाे कार्यानुभव तथा कार्य सम्पादनकाे मूल्याङ्कन गर्दै कम्पनीले उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेकाे हाे।