डलरले बनायो फेरि अर्को उच्च रेकर्ड
काठमाडौं । अमेरिकी डलरको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज मंसिर २६ गते बुधबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ०७ पैसा कायम भएको छ । यस्तै, खरिददर १३५ रुपैयाँ ४७ पैसा छ । यो अहिलेसम्मकै उच्च भाउ हो । यसअघि डलरको भाउ १३५ रुपैयाँ ८८ पैसा पुगेर रेकर्ड कायम गरेको थियो ।
समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ६८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा र खरिद दर १७२ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।