जुनेली इंकद्वारा ‘१०० डेज फर १०० ग्राहक योजना’ सार्वजनिक,क्लाउड सिस्टममा ७० प्रतिशत छुट
काठमाडौं | जुनेली इंक प्रालिले आफ्नो फ्याल्गसिप पोडक्क ३६० कोर बैंकिङ सिस्टममा भारी छुट दिने भएकाे छ । कम्पनीले ‘१०० डेज फर १०० ग्राहक योजना’ सार्वजनिक गरेकाे छ । यस याेजना मार्फत् प्रविधि कम्पनीले मंसिर २४ गतेदेखि चैत ५ गतेसम्मका लागि फाइनान्स, माइक्राे फाइनान्स र सहकारी संस्थाहरूलाई क्लाउड सिस्टममा ७० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
३६० कोर बैंकिङ सिस्टम एक सुरक्षित बैंकिङ सिस्टम भएको कम्पनीले दाबी गरेकाे छ । याे सिस्टममा आरटीफीसीयल इन्टेलीजेन्सको प्रयोग गरिएकाे छ । यस मार्फत् ग्राहकलाई सेवा गर्न सहयोग गर्ने कम्पनीकाे भनाइ छ ।
कम्पनपनीका अनुसार ३६० सीबीएसको आफ्नै विश्वासिलो इको सिस्टम छ भने जसबाट मोबाइल बैङ्किङ,मोबाइल टेलर र एटीम सेवाहरू उपलब्ध छ । जुनेलीद्वारा डेभलप गरिएको सो सिस्टम म्यानमार र बङ्गलादेशको माइक्रो फाईनान्समा पनि प्रयोग भइरहेको छ । नेपालमा भने यो सिस्टम हालसम्म ३३ जिल्लाका करिब ३७०का सहकारीहरूले प्रयाेग गरिरहेका छन्।
३६० कोर बैङ्किङ सिस्टम र अन्य जुनेली इंकको प्रोडक्टहरु कम्पनीको सेल्स डिपाटमेन्टबाट किन्न या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।