ह्याविट्याट पावरले आइपीओ अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं । ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ११ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।