आइएमई पेले ल्यायो “लोड, पे, विन !” अफर – बम्पर उपहारमा १००% क्यासब्याक

काठमाडौं | नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले “लोड, पे, विन!” नामक योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत आइएमई पे प्रयोगकर्ताहरूलाई विभिन्न माध्यमद्वारा सजिलै आफ्नो आइएमई पे एपमा पैसा लोड गर्न र सहज डिजिटल भुक्तानी सुविधा अनुभव गर्न प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ ।
मङ्सिर २० गते देखि पौष २० गते सम्म १ महिनाको लागि चल्ने यस योजनामा आइएमई पेका सेवाग्राहीहरुले विभिन्न माध्यमबाट आइएमई पे एपमा पैसा लोड गरी कुनै १ भुक्तानी गर्दा दैनिक १ जना विजेताले रु. १००० बोनस रकम प्राप्त गर्न सक्नेछन् र बम्परमा ३ जना भाग्यशाली विजेताले योजना अवधी भरी आइएमई पेबाट गरेको कुल कारोबार खर्चको १००% नै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
प्रयोगकर्ताहरुले आइएमई पे एपमा लिङ्क गरिएको बैंकको खाता, अन्य बैंकको एपबाट “लोड टु वालेट”, कनेक्ट आइपीएस, ई/एम बैंकिङ, भिसा कार्ड र एजेन्ट्स मार्फत आइएमई पे एपमा पैसा लोड गर्न सक्नेछन्। यस योजनामा सहभागी हुन प्रयोगकर्ताहरुले कम्तीमा रु. १००० आइएमई पेमा लोड गर्नुपर्ने हुन्छ र मोबाईल रिचार्ज, हवाई टिकट बुकिङ, केबलकार टिकट बुकिङ, बिलहरुको भुक्तानी जस्तो कुनै पनि कारोबार गरेको हुनुपर्दछ। बम्पर विजेताहरुले कुल कारोबार खर्चको १००% क्यासब्याक अधिकतम रु १०,००० सम्म प्राप्त गर्न सक्नेछन्।