प्रदशनीले नेपालको उर्जा विकासमा एडीबीको भुमिकालाई स्पष्ट पारेको छ: अर्थमन्त्री विष्णु पौडेल
काठमाडौँ । फोटोपत्रकार क्लव (पीजे क्लब)ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल,हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जून गौतम, स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरी,र कलाकार बिजय बराल लगायत विशिष्ट व्यक्तित्वहरू, विभिन्न स्कुल,कलेज तथा आम सर्वसाधरणले अवलोकन गरे ।
नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी सुरु भएको छ अवलोकन पछी पत्रकार हरुसंग वोल्दै उपप्रधान तथा अर्थ मन्त्री विश्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएकोमा एडीबीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगमा निरन्तरता हुनेमा आशावादी रहेको बताए ।
यस फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासहरूलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदशनीले नेपालको उर्जा विकासमा एडीबीको भुमिकालाई स्पष्ट समेत पारेको बताए । ’ हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जून गौतमले यस प्रदशनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भुमिका छ भन्ने देखाएको वताए ।
स्वतन्त्र उर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले नेपालको उर्जा विकासमा एडिवीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनी छोएको वताए । प्रदशनी उत्पादन, प्रसारण, वितरण र ’बियोन्ड द मिटर’ गरी ४ भागमा विभाजन गरिएको छ ।