‘बीआरआई फ्रेमवर्क’ भित्र परेका १० परियोजना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियिटभ (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
बुधबार बेइजिङमा भएको सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसनका उपाध्यक्ष लि सुशेले हस्ताक्षर गरेका हुन् । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा रहेको तेस्रो दिन यो सम्झौतामा हस्ताक्षर भएको हो । योसँगै बीआरआई कार्यान्वयनमा जानेछ ।
फ्रेमवर्कभित्र विभिन्न १० वटा परियोजना समावेश भएका छन् । जसमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स छन् । फ्रेमवर्कभित्र परेका परियोजनाहरू ऋण वा अनुदान सहायतामा बन्ने हुन् भन्नेबारे भने केही खुलाइएको छैन ।
यी हुन् बीआरआई फ्रेमवर्कभित्र परेका १० परियोजना
१. टोखा–छहरे टनेल
२. हिल्सा–सिमिकोट सडक योजना
३. किमाथांका–खाँदबारी सडक र पुल
४. जिलोङ–केरुङ–काठमाडौं रेलमार्ल
५. अमरगढी सिटी हल प्रोजेक्ट
६. जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारणलाइन
७. मदन भण्डारी प्राविधिक विश्वविद्यालय
८. काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम
९. चीन–नेपाल औद्योगिक पार्क दमक
१०. झापा स्पोर्ट्स एन्ड्स एथलेटिक्स कम्पलेक्स