एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा चितवनले सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टिमबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । जनकपुरले यसअघिका ३ खेल लगातार जितेको छ भने लुम्बिनी ३ खेलमा पराजित भएको छ ।
यस्तै, आजै दिउँसो १ बजे दोस्रो खेल हुनेछ । यो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् । सुदूरपश्चिमले यसअघिका ३ वटै खेल जितेको छ भने चितवनले २ खेलमा विजयी हुँदा १ खेलमा पराजय भोगेको छ ।