निजी क्षेत्रका उच्च करदातालाई नेपाल उद्योग परिसंघको सम्मान
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ ।
सरकारले राष्ट्रिय कर दिवसको अवसरमा व्यक्ति तथा संस्था गरि १६ करदातालाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये २ वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।
सम्माानित हुनेहरुमा श्रुती ट्रेडर्स, कोडावतार, पतञ्जली आयुर्वेद, नबिल बैंक, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, तारागाउँ रिजेन्सी होटेल, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, भोटेकोशी पावर कम्पनी, सिटी एक्सप्रेस मनी ट्रान्सफर, होङ्सी शिवम् सिमेन्ट, सोल्टी इन्टरप्राइजेज्, वरुण वभरेज नेपाल र व्यक्तिगत आय तर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाह रहेका छन् । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।
कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च करदाता हुनु व्यक्तिगत एवं संस्थागत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान भएको बताए ।
कार्यक्रममा परिसंघ वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, गभर्निङ्ग काउन्सिल सदस्यद्धय विजय कुमार शाह, शशिकान्त अग्रवाल, पदाधिकारी सदस्य छाया शर्मा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागि थिए ।