स्टक ब्राेकर्स एसाेसियसनकाे अध्यक्षमा सागर ढकाल निर्वाचित

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएन अफ नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।
कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, काेषाध्यक्षमा मदन पाैडेल र सचिवमा बिनय पाैडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।