मिथिला लघुवित्तद्वारा १४.२८६ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १५% लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४.२८६% बोनस सेयर र कर तिर्न ०.७१४% नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।