प्रमुख शाहबाट नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ
शपथ ग्रहणपछि आज नै पदवहाली
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठलाई महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले पद तथा गोपनीयताको शपथ गराएका छन् । आज प्रमुख शाहको कार्यकक्षमा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो । रिक्त स्थानमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका छन् ।
त्यस अवसरमा उपप्रमुख सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोग गुरागाईँसहित अधिकारी उपस्थिति थियो ।
शपथपछि वडाध्यक्ष श्रेष्ठले आज नै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।