श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सद्वारा लाभांश घोषणा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।