डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ २ पैसाले घटेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३५.२० र बिक्रीमूल्य १३५.८० रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिदभाउ १४२.२५ र बिक्रीभाउ १४२.८८ रुपैयाँ तोकिएको छ भने पाउन्ड स्टर्लिङको खरिदभाउ १७९.२२ र बिक्रीभाउ १७९.९८ रुपैयाँ तोकिएको छ।
त्यस्तै एक अष्ट्रेलियन डलरको खरिदमूल्य ८७.७२ र बिक्रीमूल्य ८८.११ रुपैयाँ कायम भएको छ भने एक साउदी अरब रियालको खरिददर ३५.९८ र बिक्रीदर ३६.१४ रुपैयाँ कायम भएको छ।