लिबर्टी ईनर्जीको हकप्रद शेयरमा निष्काशन तथा बिक्री खुला
काठमाडौं । लिवर्टी इनर्जीको ५० प्रतिशत हकप्रद सेयरमा आज मंसिर १६ गते आइतबारदेखि आवेदन दिन सकिनेछ । कम्पनीले १ः ०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।
उक्त हकप्रद सेयरका लागि यसले कात्तिक २१ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक २० गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । यो हकप्रद सेयरमा पुस ७ गतेसम्म आवेदन दिन पाइनेछ ।
यसमा प्रभु क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । यस्तै, प्रभु बैंकको बेशिसहर, लमजुङ शाखा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भोटेओडार, लमजुङ शाखा र ग्लोबल आइएमई बैंकको दोर्दी, लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।