टूपीएमलाई ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ अवार्ड
काठमाडौँ । टूपीएम स्न्याक्स एन्ड नुडल्सले अवार्ड जितेको छ । भारतको मुम्बईमा आयोजित एक समारोहबीच टूपीएम ‘फ्युचर फर्वार्ड स्टार ब्रान्ड’ अवार्डबाट सम्मानित भएको छ ।
रिलायन्स रिटेलले टूपीएमलाई उक्त अवार्डबाट सम्मान गरेको हो । कम्पनीको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले अवार्ड ग्रहण गरे । उक्त अवार्ड प्राप्त गरेसँगै प्रतिस्पर्धी बजारमा टूपीएमको सफलतालाई देखाएको कम्पनीले जनाएको छ ।
भारतीय बजारमा छोटो समयमा सबैले मन पराउने ब्रान्ड बन्न सफल भएकामा कम्पनीले खुसी व्यक्त गरेको छ । भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना भएका उदीयमान ब्रान्डलाई उक्त अवार्ड दिने गरिएको बताइएको छ ।