रियलमीको पाँचौँ सर्भिस सेन्टर अब दाङमा
काठमाडौँ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौँ सर्भिस सेन्टर उद्घाटन गरेको छ ।
यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो । यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको छ ।
काठमाडौँ, पोखरा, इटहरी र धनगढीसँगै अब दाङ सर्भिस सेन्टरले नेपालको पश्चिमी क्षेत्रका ग्राहकहरूका लागि सहज सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
यस सर्भिस सेन्टरमा प्रयोगकर्ताहरूले मर्मत तथा मेन्टेनेन्स सेवा, डाइग्नोस्टिक्स र ट्रबल सुटिङ, र वारेन्टी तथा सर्पोट जस्ता सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
रियलमीका बढ्दो ग्राहक आधारलाई ध्यानमा राखेर उद्घाटन गरिएको यो सर्भिस सेन्टरले रियलमीका स्मार्टफोन सम्बन्धी सबै समस्याहरूको द्रुत र प्रभावकारी समाधान गर्ने कम्पनीले बताएको छ ।
बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने यस सर्भिस सेन्टरमा दक्ष एवं प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल स्ट्यान्डर्ड अनुरूपका उच्च–गुणस्तरिय सेवा प्रदान गर्ने कम्पनीले बताएको छ ।
उक्त सर्भिस सेन्टरबारे बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिस गिरीले भने, “हाम्रा नेपाली प्रयोगकर्ताहरूलाई अझै राम्रो सेवा दिने उद्देश्यले हामीले दाङ्गमा पनि यो सर्भिस सेन्टर उद्घाटन गरेका छौँ । हामी यसैगरी नेपालका सबै कुनामा थप उत्कृष्ट सेवा पुगाउँदै रहनेछौँ ।”
दाङ सर्भिस सेन्टरको सुरुवातले प्रिमियम पोस्ट पर्चेज सेवा प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई झल्काएको छ । भविष्यमा देशभर नै आफ्ना सर्भिस सेन्टरहरू विस्तार गर्दै जाने कम्पनीले बताएको छ ।