मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने भएको छ ।
मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np मा नै अद्यावधिक गरिने सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले बताएका छन् ।
मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको उनको भनाई छ। उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ। ।
मङ्सिर १६ गते आइतबारका दिन उपनिर्वाचन हुँदै छ ।