खुकुरी कास्क शृङ्खला बजारमा, मूल्य १० हजार रुपैयाँ
काठमाडौं । खुकुरी रम निर्माता कम्पनी नेपाल डिस्टिलरीजले कास्क सिरिज रमको आफ्नो पहिलो संस्करण अनावरण गरेको छ । कम्पनीका अनुसार यो रम केवल ५ हजार २०० वटा विशिष्ट संख्या अंकित बोतलहरू मात्र उत्पादन भएको छ ।
सीमित उत्पादनमध्ये १ हजार ६०० बोतल मात्र स्वदेशी बजारमा उपलब्ध हुनेछन् भने बाँकी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरिने छ । यो प्रिमियम रम नेपाली बजारमा १० हजार रुपैयाँमा निश्चित ग्राहकलाई मात्र निजी च्यानल मार्फत् बिक्री गरिने कम्पनीले जनाएको छ ।
स्मोक्ड फिनिस भएको कास्क शृङ्खलाको पहिलो संस्करणले गाढा र नवीन स्वादमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
‘रम परिपक्व हुनका लागि आवश्यक पर्ने उत्कृष्ट सामग्री र सबैभन्दा उपयुक्त वातावरण प्रदान गर्नका लागि नेपालको भौगोलिक अवस्थिति अद्वितीय छ र स्मोक्ड फिनिसमा काम गर्न पाउँदा हामीलाई एकदमै उत्साह जागेको छ । यो रमको निर्माण गर्नु भनेको स्वादको सिमाहरू धकेल्दै खुकरी रमको समृद्ध सम्पदालाई सम्मान गर्ने अवसर पनि हो,’ कम्पनीका सीईओ रमेश कृष्णनले भने।
उनले अगाडि थपेका छन्, ‘यो विरासतको आनन्द विश्वभरिका रम पारखीले लिन सक्ने छन् । हाम्रो लिमिटेड एडिसन कास्क सिरिज रम मार्फत् हामीले नेपालको उत्कृष्ट शिल्पकलालाई विश्वव्यापी मञ्चमा दृढताका साथ प्रस्तुत गर्ने लक्ष्य राखेका छौं । हामी सबैलाई उत्कृष्ट रम मात्र नभई समृद्ध हिमाली संस्कृतिको स्वाद लिन समेत निमन्त्रणा गर्दछौं ।’