नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १० प्रतिशत छुट पाउने
काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरुले सिद्धि पोली प्याथ ल्याबमा विशेष छुट पाउने भएका छन् । बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुले सिद्धि पोली प्याथ ल्याबमा विभिन्न सेवाहरुमा लाग्ने शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सिद्धि पोली प्याथ ल्याब काठमाडौंको डिल्लीबजारमा रहेको छ ।
छुट दिने सम्बन्धि बैंक र सिद्धि पोली प्याथ ल्याबबीच मंसिर १२ गते सम्झौता समेत भएको हो । सम्झौता पत्रमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याबका प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका हुन् ।
कर्मचारी तथा ग्राहकले बायोकेमिस्ट्री, हेमाटोलोजी, एन्डोक्रिनोलोजी, माइक्रोबायोलोजी, संक्रामक रोग, हेपाटाइटिस, एचआईभी, टर्च प्यानलमा छुट पाउनेछन् । त्यस्तै, सेरोलोजी, ओन्कोलोजी, ईसीजी, इको टेस्ट, डिजिटल एक्स–रे, अल्ट्रासाउन्ड जस्ता सेवामा पनि छुट पाइने बैंकले जनाएको छ ।