उद्योगको लाइन नकाट्ने विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ।
बुधबार बसेको समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो।
यसअघि सरकारले काटिएको विद्युत जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो। त्यसपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो।