नयाँ स्टक एक्सचेन्जको प्रक्रिया सरकारको निर्देशन बमोजिम अघि बढ्छ : नवनियुक्त अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम आफू अघि बढ्ने बताएका छन् ।
बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम आफू अघि बढ्ने बताए ।
‘पुँजी बजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसाबले प्राथमिकतामा राखेर पुँजी बजार विकासको काम अघि बढाउने भन्दै उनले भने, बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु सम्बन्धित बोर्डका महाशाखासँग मिलेर अघि बढाउँछौं ।‘ सो क्रममा उनले लामो समयदेखि रोकिएको आइपीओ अब समयमा नै आउने गरी काम गर्ने पनि बताए ।