सिद्धार्थ बैंक र एनसीएचएलबिच अलिपेप्लसमार्फत नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंकले दर्ता गरेका नेपालपे मर्चेन्टहरूको क्युआरमा अलिपेप्लसको नेटवर्कमा रहेका सदस्य वालेट र मोबाइल बैंकिङ्गहरूमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी सम्झौता भएको हो ।
विशेष गरी चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरूबाट नेपाल आएका पर्यटकहरूले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्युआर तथा यसका interoperable क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।
Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरू गर्न सकिने व्यवस्था रहेको छ ।
यो सम्झौताले अन्तर्राष्ट्रिय भुक्तानीलाई सरल र छरितो बनाउने भएकोले, नेपाल आउने पर्यटकहरूलाई सहजता पु¥याउनेछ भने, यस सुविधाले पर्यटन व्यवसाय, होटल, रेष्टुरेन्ट, पसल तथा अन्य सेवामूलक क्षेत्रका व्यवसायीहरूलाई थप प्रोत्साहन दिइ आर्थिक कारोबारलाई पनि सहज र सुरक्षित बनाउँनेछ ।
यस प्रणाली बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।