दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले गर्यो अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । गैरकानूनी रुपमा थुनामा राखेको दाबी गर्दै प्रसाईंका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । तर, न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । सर्वोच्चको यो आदेशसँगै उनी थुनामै रहने भएका छन् ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब बढीको सेयर रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए । उक्त तथ्य सार्वजनिक भएपछि प्रहरीले प्रसाईंलाई मंसिर ४ मा पक्राउ गरेको थियो ।