धितोपत्र बोर्ड अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठलाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय
काठमाडौँ । मन्त्रिपरिषदकाे बैठकले लामो समयदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्ताेषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा उनलाई नियुक्त गर्ने निर्णय गरेकाे हाे।
बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेकाे थियाे । समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाफा सिफारिस गरेको थियाे। यी तीनजना मध्ये सन्ताेषनारायण श्रेष्ठलाई आज बसेकाे मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गरेकाे हाे ।
नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० देखि रिक्त रहेको थियाे।