मिसिका फाउन्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
चितवन । मनकामना ग्रुप अफ कम्पनी अन्तर्गत सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्थापना भएको संस्था “ मिसिका फाउन्डेसनले आज मङ्सिर ६ गते इच्छाकामना–६ कालीखोला ,चितवन स्थित श्री देवी भन्ज्याङ राष्ट्रिय आधारभूत बिद्यालयमा अध्यानरत बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि स्व. मिसिका अर्यालको १० औं स्मृति दिवस पारि जाडोमा न्यानो कपडा तथा स्टेसनरीका सामाग्रीहरु वितरण गरेको हो ।
बिशेष गरि बिपन्न समुदाय अन्तर्गत चेपाङ समुदायका बालबालिकाहरु अध्यायन गर्ने उक्त बिद्यालय चितवनको सदरमुकाम भरतपुर तथा मुग्लिन बजार एवमहाईवे बाट नजिकै भएता पनि बत्ति मुनिको अध्यारो जस्तै दुर्गम मानिएको छ । कार्यक्रम मिसिका फाउन्डेसन, इनर ह्विल अफ नारायणी , लायन्स क्लव अफ चितवन सिटि र लायन्स क्लब अफ चितवन मर्सीको संयुक्त रुपमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मनकामना ग्रुप अफ कम्पनी तथा मिसिका फाउन्डेसनका डिरेक्टर मधुसुदन अर्यालले आजको यस कार्यक्रमले बिपन्न समुदायका बालबालिकाहरुको लागी साहाराको स्रोतमा रूपान्तरण गर्ने सानो प्रयास भएको बताए । उनले एउटा मिसिका गुमाउनु परेता पनि यस बिद्यालय बाट सयौं मिसिकाहरुको माया प्राप्त गरिरहेको बताए । कार्यक्रममा बोल्दै बिद्यालयको प्रधानाध्यापक ज्ञानु पाण्डेले मिसिका फाउन्डेसनले गर्दै आएको यस कार्यक्रमले विद्यार्थीहरुमा पनि बिद्यालय जानु पर्छ र पढ्नु पर्छ भन्ने भावनामा विकास भएको बताए । उनले मिसिका फाउन्डेसनले गर्दै आईरहेको यस कार्य निकै सराहानिय रहेको समेत बताए । फाउन्डेसन मार्फत जाडोमा न्यानो कपडा प्राप्त हुँदा बिद्यार्थी तथा अभिभावकहरु हर्षित भएका थिए । फाउन्डेसन मार्फत न्यानो कपडा तथा स्टेसनरीका समानहरु आफुहरुले पाउँदा निकै खुशी लागेको कक्षा ६ मा अध्यानरत छात्रा संगीता चेपाङ बताउछिन । फाउन्डेसनले आगामी दिनहरुमा पनि यस्तै कार्यहरुलाई निरन्तरता दिने बताएको छ ।