गरिमा विकास बैंककाे १८औ वार्षिकोत्सवमा १८ सामाजिक उत्तदायित्वका कार्यक्रम

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा १८ संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ। बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभरका बिभिन्न ठाउँमा बिभिन्न संस्थाहरुसंग मिलेर सामाजिक उत्तदायित्वको कार्यक्रम सम्पन्न गरेको हो।
बैंकले सामाजिक उत्तदायित्वको कार्यक्रम अन्तर्गत देशका विभिन्न ७ स्थानमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन गरको छ । जसमा बैंकले विकास बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन गरेको छ भने विकास बैंकको क्षेत्रीय कार्यालय नारायणगढमा आयोजित कायक्रमबाट ७८ युनिट रगत संकलन गरेको छ।
त्यस्तै बैंकको क्षेत्रीय कार्यालय पोखराबाट १६२ युनिट, बैंकको शाखा कार्यालय बुटवलबाट ८४ युनिट, बैंकको क्षेत्रीय कार्यालय कोहलपुरबाट ६५ युनिट, बैंकको शाखा कार्यालय, इटहरीबाट ५९ युनिट, विकास बैंकको शाखा कार्यालय, बीरगंजबाट ३७ युनिट रगत संकलन गरेको छ।
त्यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर र रंगिन प्रिन्टर प्रदान गरेको छ भने कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मुल सडकमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक डिभाइडर कोन प्रदान गरेको छ।
त्यस्तै, कान्ति बाल अस्पताल, काठमाडौमा वेटिङ्ग कुर्सी प्रदान गरेको छ भने बेनी अस्पताल म्याग्दीमा वेटिङ्ग कुर्सी प्रदान गरेको छ। त्यस्तै ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसूट (स्कूल ड्रेस) वितरण गरेको छ भने जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान गरेको छ।
त्यस्तै रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टील दराज प्रदान गरेको छ भने मेची आधारभूत विद्यालय भद्रपुर ३ झापा, डोलो गाँउ (मेची नदीको पारीको गाँउ) मा बिद्यार्थीहरुको लागि जुत्ता र मोजा वितरण गरेको छ।
त्यस्तै रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई जाडो मौसमको पोशाक वितरण गरेको छ भने बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ्ग ११ स्याङ्गजाका विद्यार्थीहरुलाई ट्रयाकसुट (स्कूल ड्रेस) वितरण गरेको छ।
त्यस्तै बैंकले “स्वस्थ जीवनशैली” का लागि खेलकुुद भन्ने नाराका साथ खुल्लातर्फ महिला र पुरुष १० कि.मि. र कर्पोरेट तर्फ महिला र पुरुष ५ कि.मि. दुरीको गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको छ। जसमा विकास बैंकले प्रत्येक प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने धावकहरुलाई क्रमशः रु.७५,००० रु.६०,०००, रु.४५,०००, रु.३०,००० र रु.१५,००० पुरस्कार प्रदान गर्ने जनाएको छ।