कफी खेतीमा युवावर्गलाई आकषिर्त गर्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरि नयाँ योजना , अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न रास्ट्रीय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन् ।
२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा कृतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र यसका लागि सार्वजनिक नीजि साझेदारी, साथै, कफी मूल्य श्रृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक छ – भने ।
मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजि क्षेत्रलाई आग्रह समेत गरे । उनले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त निति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनी व्यक्त गरे ।
नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधीमा अनेकन आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै हाल कफी बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको छ – मन्त्री अधिकारीले भने ।
उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरह्नु नेपाली कफी क्षेत्रको लागि गौरवको बिषय बनेको उल्लेख गरे ।