कृषिमन्त्री अधिकारी र काँग्रेस महामन्त्री थापा वीच भेटवार्ता , महामन्त्रीद्धारा कृषिमन्त्रीले गरेका निर्णयको प्रशंसा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आज कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरि कृषि क्षेत्रका समसामयिक विषयमा छलफल गरेका छन् । सिंहदरवार स्थित मन्त्रालयमा भएको छलफलमा महामन्त्री थापाले मन्त्रालयको जिम्मेवारी समालेदेखि मन्त्री अधिकारीले गर्नूभएका निर्णयहरुलाई पार्टीले सकारात्मक ढंगले हेरेको उल्लेख गर्दे यस वीचमा कृषकहरुका पक्षमा निर्णय भएको भन्दै मन्त्री अधिकारीलाई धन्यवाद व्यक्त गरे ।
दूई ठुला दल नेपाली काँग्रेस र नेकपा एमालेको सरकारले अफठयारा र बाधक कानुनहरुको संशोधन गर्न चाहेको वताउदै महामन्त्री थापाले हालै वनेको दुई दलिय संयन्त्रले यस्ता कानुनहरुको एकै पटक संशोधनका लागि गृहकार्य गरेको उल्लेख गरे ।
संसदको आगामी अबिधेशनमा पाईपलाईनमा रहेका सवै विधेयकहरुको टुंगो लगाई बाधक रहेका कानुनको संशोधन गरिने भएकाले कृषि क्षेत्रमा वाधक रहेका कानुन संशोधनका लागि मन्त्रालयलाई गृहकार्य गर्न आग्रह गरे । कृषि सँग सम्वन्धीत विभिन्न कानुनहरुमा संशोधन आफु विगतमा कृषि समितिको सभापति हुँदा देखिनै आएको भएपनि अब तदारुकता लिन मन्त्री अधिकारीलाई आग्रह गरे । दुई ठुला दल मिलेर सरकार सञ्चालन गरिरहँदा यसको अनुभुति नागरिकले गर्नूपर्नेमा महामन्त्री थापाले जोड दिए ।
कृषिमा दिएको अनुदानको दूरुपयोग गर्नेहरुको नाम सार्वजनिक गर्न मन्त्री अधिकारीले लिनुभएको प्रयास सकारात्मक छ भन्दै महामन्त्री थापाले अनुदानको मोडालिटीमा पनि परिवर्तनको आवश्यकता छ —भने ।
भेटमा मन्त्री अधिकारीले आफनो कार्यकालमा मलको दिर्घकालिन समाधान होस भन्ने चाहाना रहेको र यसका लागि थुप्रै प्रयत्न गरेको जानकारी दिदै सार्वजनिक खरिद ऐनमा संशोधनको आवश्यकतामा जोड दिए ।