होटल तथा पर्यटन समूहमा ५ कम्पनी थपिँदै, आइपीओ निष्कासनको तयारीमा
काठमाडौं । धितोपत्र बजारमा होटल तथा पर्यटन समूहका ५ कम्पनी थपिने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा होटल तथा पर्यटन समूहका ५ वटा कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डका अनुसार होटल फरेष्ट इन, अर्किड होल्डिङ्स, बन्दीपुर केबलकार, अकामा होटल र ठमेल होटल प्लाजाले आइपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका हुन ।
होटल फरेष्ट इनले ९८ करोड बराबरको ९८ लाख कित्ता, अर्किड होल्डिङ्सले १ अर्ब १५ करोड बराबरको १ करोड १५ लाख कित्ता, बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता, अकामा होटलले प्रतिकित्ता ५० रुपैयाँका दरले २२ करोड ५० लाख रुपैयाँ बरावरको ४५ लाख कित्ता र ठमेल होटलले प्लाजाले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता आइपीओ निष्कासनको माग गर्दै आवेदन दिएका हुन ।
धितोपत्र बोर्डबाट अनुमति पाएपछि यी ५ कम्पनीले २ अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको २ कोड ९८ लाख ६० हजार कित्ता आइपीओ जारी गर्नेछन् । हाल नेपाल स्टक एक्सचेन्जमा होटल तथा पर्यटन समूहमा तारागाँउ रिजेन्सी, सिटी होटल, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, ओरियन्टल होटल र सोल्टी होटल गरेर ६ कम्पनी सूचीकृत रहेका छन् । सेबोनमा आवेदन दिएका ५ कम्पनीले आइपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएपश्चात यो समूहका कम्पनीको संख्या ११ पुग्नेछ ।