गरिमा विकास बैंकले १८औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गरिने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्दैछ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गईरहेको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।
सो कार्यक्रममा महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र. १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक सहभागी संख्या पुरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।
२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गईरहेको विकास बैंकले सो अवसरमा काठमाडौंमा ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ ।
बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदैं आईरहेको छ ।