स्मार्टच्वाईस टेक्नोलोजिज र पायोनियर असोसिएट् प्रालिबिच सम्झौता
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड र पायोनियर असोसिएट् प्रा.लि.बिच कार्ड, क्युआर र अन्तर बैंक भुक्तानी लगायतका सेवा सम्बन्धी सम्झौता भएको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस र दशकौँ देखि विभिन्न वित्तीय संस्थाहरूलाई विभिन्न डिजिटल सेवा प्रदान गर्दै आएको पायोनियर असोसिएटबिच सम्झौता भएको हो ।
यी दुई संस्थाबिच ‘कोसिस’ सिस्टमको प्रयोग गर्ने सहकारी लगायत अन्य वित्तीय संस्थाहरूमा कार्ड, क्युआर र अन्तर बैंक भुक्तानी लगायतका सेवाहरू एससिटीको सहकार्य भएको हो ।
पायोनियर असोसिएट् प्रा. लि.को कार्यलयमा आयोजित कार्यक्रममा स्मार्टच्वाईस् टेक्नोलोजिज्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र पायोनियर असोसिएट् प्रा लिका तर्फबाट प्रबन्ध निर्देशक पायोनियर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
विगत दुई दशक देखि कार्ड, क्युआर, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ्ग लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजी लिले स्मार्ट पे ब्राण्डमा अन्तर बैंक भुक्तानी सेवा र स्मार्ट क्युआर ब्राण्डमा क्युआर मार्फत भुक्तानी सेवा दिँदै आएको छ ।