पूर्वसभामुख दमननाथ ढुंगानाको निधन
काठमाडौं । प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी केही वर्षदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिए । विसं २०४८ सालको आम निर्वाचनमा काठमाडाैं उपत्यकामा चुनाव जित्ने उनी नेपाली कांग्रेसका एक्ला उम्मेदवार थिए । काठमाडाैं क्षेत्र नं २बाट निर्वाचन जितेपछि ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख भएका थिए । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
लामो समय पार्टी राजनीतिबाट अलग भएका ढुंगाना २०७४ को आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवार भएका थिए ।
उनी वरिष्ठ अधिवक्तासमेत हुन् । उनकी श्रीमती भुवन ढुंगाना साहित्यकार हुन् ।