निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल
![Nita Nita](https://www.arthikpati.com/wp-content/uploads/2024/11/Nita-1000x882.jpg)
काठमाडौँ । निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारी नीता पोखरेल अर्याललाई तोकिएको छ ।
आयोगका उपसचिव एवम् सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार आयोगको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
उहाँका अनुसार आयोगको प्रवक्ता भइ कामकाज गर्न सहसचिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।