शाओमीले उच्च–क्षमता र फास्ट चार्जिङ्गसहितको नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गर्यो
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा तीन वटा नयाँ पावर ब्याङ्कहरू सार्वजनिक गरेको छ । उक्त लन्चका साथ शाओमीले मोबाइल एक्सेसरिजमा गुणस्तर र विश्वासको साथै आफ्नो प्रतिष्ठालाई पनि थप सुदृढ बनाएको छ ।
नयाँ उपलब्ध मोडलहरु २२.५ वाटको फास्ट चार्जिङ्गसहितको शाओमी पावर ब्याङ्क ४ आई १०००० एम.ए.एच, ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४ आई २०००० एम.ए.एच र २२.५ वाटकोफास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १०००० एम.ए.एच रहेका छन् ।
लन्चको क्रममा शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भने, “हामी आफ्ना ग्राहकहरूको परिवर्तनशील आवश्यकतालाई राम्रोसँग बुझ्छौं । ग्राहकवर्गलेआफ्नो व्यस्त जीवनमा द्रुत र भरपर्दोसमाधान खोजिरहेको अवस्थामा हामी उहाँहरूलाई अझ बढी सुविधा, कार्यक्षमता भएको पावर बैँकहरु प्रदान गरी उहाँहरुको डिभाइसमा जुनसुकै समयमा र जहाँसुकै पावर रहिरहोस् भन्ने चाहन्छौँ ।” यी उपकरणहरूले विभिन्न प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखी छिटो चार्जिङ्ग क्षमता, बहु–उपकरण चार्जिङ्ग र कम्प्याक्ट डिजाइनहरू प्रदान गर्दछ ।
शाओमी पावर ब्याङ्क ४आई १००००एम.ए.एच (२२.५ वाट फास्ट चार्ज)
शाओमी पावर ब्याङ्क ४आई. १०००० एम.ए.एच. फास्ट पोर्टेबल पावरको आवश्यकता भएका ग्राहकका लागि उपयुक्त हुन्छ । २२.५ वाटको फास्ट चार्जिङ्ग र टाइप सी पोर्टको साथ यस पावर बैँकले स्मार्टफोन, ट्याब्लेटहरू र अन्य ग्याजेटहरू छिटो चार्ज गर्न मद्दत पु-याउँदछ । यो कम्प्याक्ट डिभाइस यु.यस.वी–ए र यू.स.बी–सी पोर्टसहित उपलब्ध छजसले एकै पटकमा तीनवटा ग्याजेहरूलाई चार्ज गर्नसक्छ । उच्च सुरक्षा सुविधाहरू उपलब्ध रहेको यो पावर बैँकले धेरै तात्ने र सर्ट–सर्किट जस्तो समस्याबाट सुरक्षा प्रदान गर्दछ ।
मुख्य फिचरहरूः
– ब्याट्री क्षमताः १०००० एम.ए.एच (३७वाट आओर)
– इनपुट (टाइप–सी): ५ भोल्ट/३एम्पियर, ९ भोल्ट/२.५ एम्पियर
– आउटपुट (टाइप–सी/यु.एस.बी): २२.५ वाटसम्म
– डाइमेन्सनः १४.७८ ८७.३९८१.५३ सेन्टीमिटर
– चार्जिङ्ग समयः ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ४ घण्टामा
शाओमी पावर ब्याङ्क ४आई२००००एम.ए.एच (३३ वाट सोनिक चार्ज)
अधिक पावर र लामो प्रयोग आवश्यक पर्नेहरूको लागि शाओमी पावर ब्याङ्क ४आई२००००एम.ए.एच ३३ वाटको सोनिक चार्ज प्रविधिसहित उपलब्ध रहेको छ । दुईवटा १०००० एम.ए.एचको लिथियम–आयन ब्याट्रीहरू सहित यस पावर ब्याङ्कले दिनभरि एकभन्दा धेरै डिभाइसहरुलाई चार्ज गर्न पर्याप्त ऊर्जा प्रदान गर्दछ। यसको टाइप–सी पोर्टले अन्य डिभाइसका साथै पावर ब्याङ्क स्वयंलाई पनि छिटो दुई–तर्फी चार्जिङ्गको अनुमति दिन्छ ।मजबुत निर्माण गुणस्तर र १२–लेयरकोसेफ्टी प्रोटेक्सनको साथ, यो पावर बैँक लामो समयसम्मको प्रदर्शनको लागि निमार्ण गरिएको कम्पनीले जनाएको छ।
मुख्य फिचरहरूः
– ब्याट्री क्षमताः २००००एम.ए.एच (७४वाट आओर)
– इनपुट (टाइप–सी): ३० वाटसम्म
– आउटपुट (टाइप–सी/यु.एस.बी–ए): ३३ वाटसम्म
– डाइमेन्सनः १५.०६ ८७.२२ ८२.६३ सेन्टीमिटर
– चार्जिङ्ग समयः ९ भोल्ट/२ एम्पियर चार्जरसहित लगभग ६.९ घण्टामा
शाओमी पकेट पावर ब्याङ्क १००००एम.ए.एच (२२.५ वाटको साथ बिल्ट–इन केबल)
बिल्ट–इन टाइप–सी चार्जिङ्ग केबलसहित शाओमीको पकेट पावर ब्याङ्कले सुविधा र स्टाइलदुवै प्रदान गर्दछ । कम्प्याक्ट र शक्तिशाली यो १००००एम.ए.एच पावर ब्याङ्कले २२.५ वाटसम्मको चार्जिङ्ग लिन सक्छ भने यसले एकै पटकमा तीनवटा डिभाइसहरूलाई चार्ज गर्नसक्छ । यसको टिकाउपना र पकेट–साइजको डिजाइनले यसलाई हरेक यात्रामा प्रयोग गर्न सहज सकिन्छ ।
मुख्य फिचरहरूः
– ब्याट्री क्षमताः १००००एम.ए.एच (३७वाट आओर)
– इनपुटः २२.५ वाट
– आउटपुट (टाइप–सी/यु.एस.बी–ए/बिल्ट–इन केबल): २२.५ वाटसम्म
– आयामः १०५.२ ८ २६.९ ८ ६५.२ मिलिमिटर
– चार्जिङ्ग समयः ९ भोल्ट/२.५ एम्पियर चार्जरसहित लगभग३.५ घण्टा
बजार उपलब्धता
२२.५ वाटको फास्ट चार्जिङ्गसहितको शाओमी पावर ब्याङ्क ४आई १००००एम.ए.एच ३,४९९ मा उपलब्ध छ भने ३३ वाटको सोनिक चार्जसहितको शाओमी पावर ब्याङ्क ४आई २००००एम.ए.एच ४,९९९ मा उपलब्ध छ । त्यसैगर २२.५ वाटकोफास्ट चार्जिङ्ग र बिल्ट इन केबलसहितको शाओमी पकेट पावर ब्याङ्क १००००एम.ए.एच ४,२९९ मा उपलब्ध रहेको छ ।