घोराही सिमेन्ट ५१ करोड ३७ लाख रुपैयाँ नोक्सानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा घोराही सिमेन्टले ५१ करोड ३७ लाख ७४ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १९ करोड ८८ लाख २३ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो ।
कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी घटेसँगै यसको नोक्सानी बढेको हो । उत्पादन बिक्रीबाट हुने आम्दानी २४.९० प्रतिशतले घटेर ६६ करोड ८४ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले उत्पादन बिक्रीमार्फत ८८ करोड ८८ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा घोराही सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ २५ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ६३ पैसा छ ।