उद्याेगमा बिजुली जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
काठमाडौ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेकाे सञ्चालक समितिका एक सदस्यले बताए । अब वक्यौता नतिरेर लाइन काटिएका २८ वटा उद्योगमा बिजुली जोडिने छ ।
यसअघि प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको उद्योगको बिजुली काटेको थियो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र बिजुली जोड्ने र १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता महसुल उठाउने निर्णय गरेको थियो ।