ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा १९.०३ प्रतिशतले बढेर ४ करोड ४ लाख ७७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, खुद ब्याज आम्दानी भने ११.९६ प्रतिशतले घटेर १३ करोड ७१ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा गिरावट आएपनि यसको इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । गत वर्ष ४ करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ छ । यसअवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसाले बढेर २६ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८ पैसा छ ।