स्मार्टच्वाईस टेक्नोलोजिज् र स्मार्टकार्ड नेपालबीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता
काठमाडौं। स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेड (एसटीसी) र भुक्तानी सेवा प्रदायक संस्था स्मार्टकार्ड नेपाल (माई पे वालेट) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
यस सम्झौता पश्चात माईपे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत आफ्नो वालेट लोड गर्न साथै, मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्नेछ । साथै, विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीहरुले क्यूआर मार्फत भुक्तानी लिनका लागि स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्ने जनाइएको छ ।
स्मार्टच्वाईस टेक्नोलोजिज् लिमिटेडको कार्यलयमा आयोजित कार्यक्रममा एसटीसीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र माई पेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले सम्झौतामा हस्ताक्षर गरेका हुन् । स्मार्ट क्युआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने कम्पनीले जनाएको छ ।