मिड सेग्मेन्टमा रेकर्ड ब्रेकिङ ६ जेनेरेशनका ओएस अपग्रेड र सुरक्षा अपडेटको साथ लन्च भयो सामसङ ग्यालेक्सी ए१६ ५जी
काठमाडौँ । सामसङले ल्याएको छ, ग्यालेक्सी ए१६ ५जी, नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘Key Island’ सहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, IP54 रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथ !
नयाँ ग्यालेक्सी ए१६ ५जी, नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए । थुप्रै प्रशंसकहरू र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ए१६ ५जीका रोमाञ्चक सुविधाहरु प्रदर्शन गर्नको लागि उत्तम ठाउँ थियो । यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभवहरू ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायहरूसँग संलग्न रहन जारी राखेको छ ।
ग्यालेक्सी ए१६ ५जी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो ।
सामसङ नेपालका निर्देशक श्री प्रणय रत्न स्थापितले भन्नु भयो, “अफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जीले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।”
सामसङले ग्यालेक्सी ए१६ ५जी लाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गर्दछ, जसको मोटाई मात्र ठ।ढmm रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ ५जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड (Key Island) फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् । स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ ५जीले क्ष्एछद्ध रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दोरुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्दछ ।
शक्तिशाली 50MP प्राथमिक क्यामेरा, 5MP अल्ट्रा–वाइड क्यामेरा र 2MP म्याक्रो क्यामेराले सुसज्जित, ग्यालेक्सी ए१६ ५जीले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ, जबकि 13MP फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी+ सुपर एमोलेड डिस्प्लेको साथमा ९०Hz रिफ्रेस रेट, एवं MicroSD मार्फत १ TB सम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।
हुड अन्तर्गत, ग्यालेक्सी ए१६ ५जी Mediatek D6300 द्वारा संचालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । शक्तिशाली 5000mAh ब्याट्रीको साथ, यसले तपाईंलाई कनेक्टेड राख्न दिनभरि पावर दिने सुनिश्चित गर्दछ ।
सामसङ ग्यालेक्सी ए१६ ५जीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । EALS+ सर्र्टिफिकेशन मार्फत मानसिक शान्ति प्रदान गर्दै Samsung Knox Vault सँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिष्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।
कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ ५जीको 6/128 GB भेरियन्टको मूल्य रु. २८,९९९, 8/128 GB भेरियन्टको रु. ३०,९९९ र 8/256 GB भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ । ग्यालेक्सी ए१६ ५जीको प्रत्येक खरिदमा 25W को एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुनेछ ।
यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ, ०% थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टा भित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिन्छ ।