टेलिकमले ल्यायो कर्पोरेट ग्राहकहरूका लागि मल्टीपल टिभी जडान गर्ने व्यवस्था

काठमाडौँ । नेपाल टेलिकमले कर्पोरेट ग्राहकहरूलाई मध्येनजर गर्दै मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत ४ वटा वा सोभन्दा बढी टिभी जडान गर्ने कर्पोरेट ग्राहकहरूले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरू खरिद गर्न सक्नेछन् ।
४ देखि १० वटा टिभी जडान गर्ने ग्राहकहरूले प्रतिसेट टप बक्स २ हजार ९३८ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।
त्यस्तै, ११ वटा भन्दा बढी टिभी जडान गर्ने ग्राहकहरूले प्रति सेटटप बक्स २ हजार ८२५ रुपैयाँमा १ वर्ष वारेन्टीसहित खरिद गर्न सक्नेछन् ।