मेटलाइफ नेपालले ग्राहकहरूलाई आफ्नो सुरक्षाको निरन्तरता राख्न मद्दत गर्दै विलम्ब शुल्कमा छूट
काठमाडौं । मेटलाइफ नेपालले ग्राहकहरूलाई विलम्ब शुल्कको थप आर्थिक दबाब बिना आफ्नो जीवनको सुरक्षा जारी राख्ने बहुमूल्य अवसर प्रदान गरिरहेको छ ।
ग्राहकहरूको बीमालेख पुनर्जागरण अभियान मार्फत, मेटलाइफले पाँच वर्षसम्मको व्यतित जीवन बीमालेखहरूको लागि विलम्ब शुल्कमा १००% छुट र पाँच वर्षभन्दा बढी समय पुगेका व्यतित बीमालेखहरूको लागि ६०% छूट प्रदान गर्नेछ । यस पहलले आर्थिक कठिनाइहरूको सामना गरेका बीमालेख धारकहरूलाई उनीहरूको बीमा सुरक्षा पुर्नस्थापित गर्न र उनीहरूको भविष्यको सुरक्षा गर्न सुविधा दिने उद्देश्य राखेको छ ।
मेटलाइफले कम्पनीको वेबसाइटमा पुनर्जागरण फारम उपलब्ध गराएर ग्राहकहरूलाई थप सहजता प्रदान गर्दै पुनर्जागरण प्रक्रियालाई सरल बनाएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने,“यो अभियानले हाम्रा ग्राहकहरूलाई अप्रत्याशित जोखिम र चुनौतीहरूबाट जोगाउन मद्दत गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । हामी सबै बीमालेख धारकहरूलाई यस अवसरको फाइदा उठाउन र मेटलाइफसँग आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न प्रोत्साहन गर्छौं ।”
थप जानकारीका लागि, मेटलाइफको ग्राहक सेवा विभागलाई ९७७–१–५९७०१६६ मा सम्पर्क गर्न सकिन्छ वा नजिकैको मेटलाइफ कार्यालयहरूबाट समेत जानकारी प्राप्त गर्न सकिन्छ ।