सरकारको १०० दिन : आज प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिन पुगेको अवसरमा आज (कात्तिक ७ गते) सम्बोधन गर्ने भएका छन् ।
सरकारको १०० दिन पुगेको अवसरमा ओलीले दिउँसो ३ बजे सम्बोधन गर्ने भएका हुन् । सो क्रममा उनले १०० दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा जानकारी दिनेछन् ।