अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च, नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हाल सम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विनिमय दरमा अमेरिकी डलरको बिक्री दर १३४ रुपैंया ८३ पैसा तोकेको छ । यो हालसम्मकै उच्च हो ।
राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै युरोपियन युरो १ को खरिददर १४५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ २४ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०२ पैसा, स्वीस फ्रयांक १ को खरिददर १५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिंगापुर डलर १ को खरिददर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।