मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा: छैटाैँ दिन ११ जना सडकआश्रित मानवहरुकाे उद्धार
जनकपुरधाम । मेचीमहाकाली राष्ट्रिय उद्धार यात्राकाे छैटाैँ दिन शनिबार ११ जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएकाे हाे । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा- १ बाट २ जना, वडा-३ बाट ३ जना, गाेलबजार नगरपालिका-६ बाट २ जना र मिर्चैया नगरपालिका-७ बाट १ जना गरि सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाकाे जनकपुरधाम नगरपालिकाबाट -१ बाट २ जनाकाे उद्धार भएकाे हाे । मेचीनगरदेखि सुरु भएकाे यात्रा शनिबार जनकपुरधामसम्म अाइपुग्दा ६८ जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् ।
उद्धार हुनुभएका ८ जना पुरुष र ३ जना महिलालाई अाजै मानवसेवा आश्रम जनकपुरधाम सेवाकेन्द्रमा गृहप्रवेशका लागि लगिएकाे छ । उद्धार टाेली अाइतबार जनकपुरधाम, महेन्द्रनगर, ढल्केबर, बर्दिबास हुँदै गाैशालामा सहभाेज गरि सर्लाहीका विभिन्न सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहनुभएका मानवहरुकाे उद्धार तथा सेवामा रहने कार्यक्रम रहेकाे छ ।