३१.४८ अंकले बढ्यो शेयर बजार

काठमाडौं । दसैं विदापछि आज मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले सुधार आएको छ । आज नेप्से ३१.४८ अंकले बढेर दुई हजार ६९९.६६ विन्दुमा बन्द भएको हो । आज कारोबार रकम पनि घटेको छ ।
दसैंअघिको अन्तिम कारोबार दिन नेप्से ४.८५ अंकले बढेको थियो । आज तीन अर्ब ६ करोड २३ लाख ?पैयाँ बराबरको करोबार भएको थियो । दसैंअघिको अन्तिम तीन अर्ब ७६ करोड ५१ लाख बराबरको कारोबार भएको थियो ।
मंगलबार २०५ कम्पनीको शेयर बढेको छ भने ३२ कम्पनीको शेयर घटेको छ भने ६ कम्पनीको शेयर अघिल्लो दिनको तुलनामा यथावत रहेको छ । मंगलबार तीन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । भने एक कम्पनीकोे शेयरमा नेकेटिभ सर्किट लागेरको छ ।