ज्योति विकास बैंकका ग्राहकहरुलाई निःशुल्क ‘फण्ड ट्रान्सफर’ को सुविधा
काठमाडौं । बडादशैं २०८१ को अवसरमा ज्योति विकास बैंकले निस्शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिंङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।
रु. ० मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरुलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्दन हुने विश्वास बैंकले बोकेको छ । विद्युतीय कारोबारलाई ग्राहकवर्गमाझ थप विस्तार गर्न बैंकले यो योजना सार्वजनिक गरेको छ ।
डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ ।
बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।