स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार संविधान बमोजिम उपनिर्वाचन प्रयोजनका लागि २५ दल दर्ता भएका हुन्।
निर्वाचन आयोगले दिएको समयसीमा भित्र २६ राजनीतिक दलले निवेदन दिएपनि २५ दलको मात्र दर्ता भएको हो । कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम (४) बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
सूची अनुसार रास्वपाले पनि पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुने भएको छ।
यी हुन् उपचुनावका लागि दर्ता भएका दल