ज्योति विकास बैंकका ग्राहकलाई भेनस अस्पतालमा १० प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो अस्पतालमा अस्पतालको बेड शुल्क, इनहाउस परीक्षणहरूको डायग्नोस्टिक जस्ता विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
ज्योति विकास बैंकले देशका अन्य विभिन्न व्यवसायहरूसँग सहकार्य गर्दै विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले चितवनस्थित जंगल रिसोर्टमा बैंकका ग्राहकहरूलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । साथै, बैंकले कमलपोखरीस्थित अचार घर, दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एण्ड बार, कमलादीस्थित क्याफे लाइन हार्ट तन्दुरी किचेनमा पनि १५ प्रतिशत छुट सम्झौता गरेको छ ।