एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको ३०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।
यो वर्षका लागि बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) दिने प्रस्ताव गरेको थियो ।
सभामा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन पारित भएको छ । साथै बैंक संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नबिन भक्त श्रेष्ठ र उर्मीला श्रेष्ठलाइ निर्विरोध चयन गरेको छ । उनीहरुको कार्यकाल आगामी ४ बर्षको हुनेछ ।
यस्तै, चालु आव २०८१–८२ को लागि एन.अमात्य एंड कम्पनीलाइ लेखापरीक्षकमा पुन नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।